सरकार बचाउन आफ्नो पार्टीको समर्थनः अध्यक्ष थापा

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धरापमा परेको सरकारलाई बचाउन आफ्नो पार्टीले समर्थन गरेको बताएका छन् ।

बुटवलमा आज रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा अध्यक्ष थापाले निर्वाचन मंसिरमै हुने सुनिश्चितताका लागि सरकारको समर्थन गरेको उल्लेख गरे ।

निर्वाचन समयमै गर्न प्रधानमन्त्री प्रतिबद्ध रहेको अध्यक्ष थापाको भनाइ थियो ।

उनले सरकारलाई अप्ठेरो पार्न बाम एकता भएको बताउँदै अब लोकतन्त्रावादीहरुको एकताका लागि निर्वाचनमा काँग्रेस र अन्य लोकतान्त्रिक दलहरूसँग समीकरण गरेर जाने जानकारी दिए ।

उनले भने, “लोकतान्त्रिक शक्तिबीच तालमेल भए पनि सिट संख्याको विषयमा टुंगो लागेको छैन ।”

दुई राप्रपाको एकीकरण भने हल्ला मात्रै भएको उनले बताए ।

मंसिरमा निर्वाचन सम्पन्न भएसँगै हिन्दु राष्ट्रको विषयमा पनि जनमत संग्रह हुनुपर्ने उनको तर्क थियो ।

Related posts

Leave a Comment