स्कुलबसबाट खसेर विद्यार्थीको मृत्यु

तिलोत्तमा | रुपन्देहीको सालझण्डीमा स्कुल बसबाट खसेर एक विद्यार्थीको आज मृत्यु भएको छ ।

सैनामैना नगरपालिका वडा नं ११ स्थित पृथ्वी फ्लावर इंग्लिस बोर्डिङ स्कुलको म १ क १६३ नम्बरको बसबाट खसेर सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय सन्तोष रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान विद्यार्थीलाई स्कुल पुर्याउने प्याउने क्रममा सो दुर्घटना भएको हो । बसबाट खसेर घाइते सन्तोष रेग्मीको उपचारका क्रममा लुम्बिनी सिटी अस्पतालमा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय, सालझण्डीले जनाएको छ ।

 

Related posts

Leave a Comment