पर्यटकीय क्षेत्र सिक्लेसमा माघेसक्रान्ति मेला हुने ।

prees-meet

अन्तिम पौडेल,
टिभी अन्नपूर्ण,पोखरा ।
कास्कीको सिक्लेसमा माघ १ देखी माघे संक्रान्ति मेला हुने भएको छ ।
माघेसक्रान्ती मेलाबारे जानाकारी दिन आयोजित एक कार्यक्रममा आयोजक समितिका अध्यक्ष मिलन गुरुङ्गले आन्तरिक तथा वाह्य पयर्टन प्रर्वद्धनका लागी मेलाको आयोजना गरिएको जानाकारी दिए ।
मेलाको उद्घाटन नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवाले गर्ने कार्यक्रम छ ।
माघेसक्रान्ति मेलामा विविध साँस्कृतिक कार्यक्रमसहित सामुहिक नृत्य प्रतियोगिता, भलिवल, बास्केटवल, छेलोको आयोजना हुने आयोजकले जानाकारी गराएका छन ।
भलिवल, बास्केटवल प्रतियोगिताका विजेताले ४० हजार र उपविजेताले नगद ३० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
अन्नपूर्ण क्षेत्रमा पर्ने पयर्टकीय क्षेत्र सिक्लेस पोखरा देखि ४२ किलोमिटर दुरीमा पर्दछ ।

Related posts

Leave a Comment