सिलवालको ओरालो बाटो, फौजदारी अभियोगमा कारबाही हुने संकेत

टिभी अन्नपूर्ण, काठमाडौँ ।

नेपाल प्रहरीका डीआईजी नवराज सिलवालको रिट सर्वोच्चले खारेज गरेपछि किर्ते कागजातको बिषयमा छानबिनको तयारी शुरु भएको छ ।

सिलवालले अदालतलाई पेश गरेको कार्यसम्पादन मुल्याङकन किर्ते गरेको बिषयमा प्रहरी प्रधान कार्यलयले छानबिन थाल्ने भएको हो ।

तत्कालिन सरकारले यस विषयमा गरेको प्रारम्भिक छानविनमा सिलवाललाई दोषी देखाउदैं मन्त्रीपरिषदले प्रहरी प्रधानकार्यलयलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

अदालतमा मुद्दा भएकै अवस्थामा यस्तो छानबिनको अधिकार प्रहरीसँग नभएको भन्दै तत्कालका लागी स्थगित गरेको प्रहरी अनुसन्धान सर्वोच्चले गरेको रिट खारेजीसँगै प्रहरीले अघि बढाउने बाटो खुलेको छ ।

पोलिसी कोअर्डिनेसन कमिटि (नीति सम्वन्वय समिति) को बैठकमा यस विषयमा छलफल गरी छानबिन अगाडि बढाउने स्रोतले बतायो। समकक्षीहरुको कार्य सम्पादन मूल्यांकन किर्ते गर्दै अदालतमा पेश गरेको तथा अदालतसामु सत्यतथ्य लुकाएको भन्दै तत्कालीन सरकारले सिलवालमाथि छानबिन थालेको थियो।

सिलवालले किर्ते गरि अदालतमा पेश गरेको भनिएको कार्यसम्पादन मुल्याकनमा आर्थिक वर्ष ०७२/७३ को नम्बर हेरफेर गरी बुझाइएको ठहर मन्त्रिपरिषद्ले गरेको थियो ।

सिलवालले भने आजै नेपाल प्रहरीको डीआईजी पदबाट राजीनामा दिने तयारी गरेका छन ।

Related posts

Leave a Comment