सीता एयरको विमान दुर्घटनाबाट बच्यो

लुक्ला विमानस्थलमा सीता एयरको विमान बिहीबार दुर्घटना हुनै लाग्दा आकष्मिक अवतरण भएको छ ।

बिहान तेञ्जिङ्ग हिलारी विमानस्थल, लुक्लाबाट काठमाडौंका लागि उडान भर्न लागेको जहाजको चक्कामा समस्या आएपछि आकष्मिक रुपमा अवतरण भएको हो ।

सोलुखुम्बु प्रहरीका अनुसार बिहान ७ः४५ बजे लुक्लामा अवतरण गरेको सीता एयरको नाइन–एनएजेएच कल साइन रहेको विमान काठमाण्डौ फर्कन लाग्दा चक्कामा खराबी आएपछि उड्नै लागेको विमान पुनः पार्किङ्गतर्फ नै फर्काइ सुरक्षित गरिएको थियो ।

उडानका लागि धावन मार्गको झण्डै एक सय मिटर दूरी पार गरेपश्चात मात्र विमानको हाईड्रोलिक चक्कामा खराबी आएको चालक दलले थाहा पाएका थिए ।

चक्कामा समस्या आएपछि काठमाडौंबाट प्राविधिक टोली गई मर्मत गरेको थियो । मर्मतपश्चात पुनः विमान बिहान १० बजे नै काठमाडौंका लागि उडेको थियो । विमानमा सामान्य समस्यामात्रै भएको भन्दै सबै चालक तथा यात्रुहरु सकुशल रहेको सिता एयरले जानकारी दिएको छ ।

Related posts

Leave a Comment