सप्तरीका बाढीपीडितका लागी सोलिडारिटी ट्रष्टको राहत

काठमाडौं ।

मानव सेवामा सक्रिय सामाजिक संस्था सोलिडारिटी ट्रष्टले सप्तरीमा बाढिका कारण बिस्थापित २ सय परिवारलाई राहत बितरण गरेको छ । २ हप्ताअघि तराईमा आएको भिषण बाढिले घरबास गुमाएका परिवारलाई ट्रष्टले विहिबार राहात प्रदान गरेको हो । ट्रष्टमा आवद्ध सदस्यहरुका साथै स्वदेश तथा बिदेशमा भएका संस्थाका शुभचिन्तकमार्फत प्राप्त सहयोगबाट झण्डै २ लाख बराबरको भाँडाकुँडा लत्ताकपडा राहातस्वरुप वितरण भएकोे हो ।

स्थानीय प्रशासनले तयार गरेको तथ्याङकका आधारमा राहात आवस्यक ठानिएको सप्तरीको लोहजरा मा सो राहत बितरण गरिएको थियो । ट्रष्टकी अध्यक्ष चन्दा थापाको उपस्थितीमा भएको राहात वितरणमा उपस्थित स्थानीय दलका प्रतिनिधी एवं सुरक्षाकर्मीहरुले पीडितका लागी अत्यावस्यक सामाग्रीहरु राहतस्वरुप वितरण गरेकोमा सोलिडारिटी ट्रष्टलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा स्थानीय समाजसेवी एवं अधिवक्ता पुण्यप्रसाद यादव प्रहरी नायव निरिक्षक उमानन्द चौधरी लगायत स्थानीय दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । ट्रष्टले बिगत ७ बर्षदेखी स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुको समन्वयमा विभिन्न सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा काम गदैं आएको छ ।

Related posts

Leave a Comment