सुनचाँदीको भाउ शुक्रबार फेरी बढ्यो

काठमाडौं । सुनचाँदीको भाउ शुक्रबार फेरी तोलामा ६ सयका दरले बढेको छ । त्यस्तै चाँदी १० रुपैयाँले बढेको छ ।

शुक्रबार तोलाको ५७ हजार ८ सय रुपैयाँ तथा चाँदी ७ सय ९५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलाको ५७ हजार २ सय तथा चाँदी ७ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।

महासंघका अनुसार समग्रमा यो हप्ता सुन तोलामा एक हजार तथा चाँदी १५ रुपैयाँ बढेको छ । हप्ताको पहिलो दिन ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलाको ५७ हजार ८ सय पुगेको हो । यस्तै आइतबार तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७ सय ९५ रुपैयाँ पुगेको छ ।

सुनमा लगानीकर्ता बढेकाले भाउ पनि महंगो हुँदै गएको महासंघले जनाएको छ ।

Related posts

Leave a Comment