यि सुन्दरी सांसद अनारकलीको कोठामा को पस्यो दिउँसैं ?

नेकपा एमालेकी सांसद अनारकली मियाँको डेरामा दिउसै चोरी भएको छ । काठमाडौं बबरमहलस्थित डेरामा सोमबार दिउँसो चोरी भएको हो । सांसद मिया बिएडको परीक्षा दिनका लागि गृहजिल्ला दाङमा रहेका बेला डेरामा चोरी भएको प्रहरीले जनाएको छ ।

डेरामा बस्ने सांसद अनारकलीका घरबेटीले दिउँसै चोरी भएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार मियाँको डेराबाट ल्यापटप, क्यामेरा, सिक्री र औंठी चोरी भएको छ । अहिलेसम्म चोरबारे कुनै जानकारी पाउने नसकेपनि चोरी गर्ने गिरोहको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Related posts

Leave a Comment