रियल मड्रिडलाई हराउन बार्सिलोनाले कोउटिन्हो ल्याउने

रियल मड्रिडलाई हराउन बार्सिलोनाले कोउटिन्हो ल्याउने

काठमाडौं । युवा स्ट्राइकर नेइमार गुमाएको बार्सिलोनाले लिभरपुलका आक्रामक मिडफिल्डर फिलिपे कोउटिन्हो भित्र्याउने अन्तिम तयारी गरेको छ । लामो समयको संवादपछि अन्तत लिभरपुल स्टार कोउटिन्हो बार्सिलोना आउने पक्का भएको हो । स्पेनी पत्रिका मार्काका अनुसार बार्सिलोनाले कोउटिन्होको लागी १ सय मिलियन देखि १ सय २० मिलियन युरो खर्चिने भएको छ । कोउटिन्होलाई शुक्रबार बार्सिलानामा ल्याउने तयारी भैरहेको छ । आउँदो आइतबार बार्सिलोनाले चिरप्रतिद्धन्दी रियल मड्रिडको सामना गर्दैछ । स्पेनी सुपर कप अन्तरगत बार्सिलानाको घरेलु मैदान क्याम्प नोउमा खेल हुनेछ । एल क्लासिको अगावै कोउटिन्होलाई बार्सिलोना भित्र्याउने तयारी भेइरहेको बताइएको छ…

Read More

चेल्सीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्डको उपाधि

चेल्सीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्डको उपाधि

काठमाडौं । फिफा कम्युनिटी सिल्डको फाइनलमा चेल्सीलाई आर्सनलले पराजित गरेको छ । आर्सनलको घरेलु मैदान वेमबेलेमा भएको खेलमा निर्धारित ९० मिनेटभित्र १—१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरीएको थियो । पेनाल्टी सुटआउटमा आर्सनलले चेल्सीलाई ३—१ गोल अन्तरले पराजित गरेको हो । यसअघि चेल्सीका मोइसले ४७ औं मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए । तर ८१ औं मिनेटमा आर्सनलका कोलासिनिसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

Read More

स्वास्थ्य सेवा सन्चालन गर्न शिक्षा मन्त्रालय आग्रह

स्वास्थ्य सेवा सन्चालन गर्न शिक्षा मन्त्रालय आग्रह

काठमाडौं । प्रा.डा.गोविन्द केसीको मागबारे छलफल भइरहेको हुँदा स्वास्थ्य सेवा निर्वाधरूपमा उपलब्ध गर्न गराउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी अनशनरत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा।डा।केसीले राखेका विभिन्न मागबारे सम्बन्धित निकायसँग छलफल भइरहेको सन्दर्भमा मानव स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ध्यानमा राखी अस्पतालबाट प्रवाह गरिएका सेवा निर्वाधरूपमा सन्चालन गर्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीमा अपिल गरेको छ । प्रा।डा।केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डीन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै साउन ९ गतेदेखि ११औं पटक आमरण अनशन सुरु गरेका…

Read More

भारतीय राजदूतले ओलीलाई बोलाए, के ओली जालान् भारतीय दूताबास ?

भारतीय राजदूतले ओलीलाई बोलाए, के ओली जालान् भारतीय दूताबास ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत मन्जिव सिंह पुरीबीच बुधबार भेटवार्ता भएको छ । ओलीलाई भेट्न पुरी ओली निवास बालकोट पुगेका हुन् । भारत स्वतन्त्रता भएको ७० वर्ष पुगेको अवसरमा भारतीय दुताबासमा आयोजना गरिने समारोहको विशेष अतिथिको निम्तो दिन राजदूत पुरी ओली निवास पुगेका हुन् । ओली पुरी भेटवार्तामा दुई देशको सम्वन्धबारे पनि कुराकानी भएको बताइएको छ । ओलीले केही कुनियतका मानिसहरु नेपाल भारत सम्बन्ध बिगार्न लागि परेको बताएका छन् । सो समारोहमा विदेशमन्त्री सुस्मा स्वराज पनि आउने कार्यक्रम रहेको छ । मृगौला प्रत्यारोपणपछि स्वराजको…

Read More

बार्सिलोना नेइमार जोगाउन असफल

बार्सिलोना नेइमार जोगाउन असफल

काठमाडौं । बार्सिलोनाको आफ्नो स्टार युवा स्ट्राइकर नेइमार जोगाउने अन्तिम प्रयास असफल भएको छ । नाइके ब्रान्डको प्रचार गर्न चीन पुगेका नेइमार कतार जाने हल्लाकाबिच बार्सिलोना पुगेका थिए । उनलाई बार्सिलोनामा राख्नका लागी बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले राम्रो तलब सुविधाको प्रस्ताव गरेका थिए तर नेइमारले प्रस्तावको अस्वीकार गरेको स्पेनी पत्रिका मार्काले जानकारी दिएको छ ।बुधबार ट्रेनिङ सिजन चलिरहेको अवस्थामा उनी आफ्ना साथीहरुलाई भेटेर बिदावारी भएका छन् । साथै बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भेलभार्डोले नेमारलाई क्लब छाड्ने अनुमति दिँदै सुन्दर भविष्यको कामना गरेका छन्। यसअघि विश्व फुटबलको इतिहासमा म्यानचेस्टर युनाइटेडले पाउल…

Read More

पाकिस्तानमा आज नयाँ प्रधानमन्त्रीका चुनिदैँ

पाकिस्तानमा आज नयाँ प्रधानमन्त्रीका चुनिदैँ

काठमाडौं । पाकिस्तानले मङ्गलबार नयाँ प्रधानमन्त्री पाउने भएको छ । पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उहाँले राजीनामा दिनु भएको थियो । सत्तारुढ दलले पूर्वप्रधानमन्त्री सरिफकै भाई सब्बाजलाई सरिफको स्थानमा पहिला सांसदमा मनोनित गरी मङ्गलबार प्रधानमन्त्रीको लागि उम्मेदवार बनाइने घोषणा गरेको छ । उहाँले संसदको सदस्यमा निर्वाचित भएपछि मात्र प्रधानमन्त्रीका लागि उम्मेदवार हुनुहुने प्रावधान छ । त्यो प्रक्रिया पनि सुरु भइसकेको बताइएको छ ।  

Read More