ट्याक्टर दुर्घटनामा एक किशोरको मृत्यु

अखिलेश यादव, राैतहट ।

मंगलबार रौतहटको मौलापुरमा ट्याक्टर पल्टिदा एक किशोरको मृत्यु भएको छ । मौलापुर नगरपालिकाका राजपाका तर्फबाट मेयरका उम्मेदवार समेत रहेका रविन्द्र कुमार पटेल धिरजका भतिजा १५ वर्षिय बलविर पटेलको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चुनाव प्रचारको क्रममा सोनरनिया बाट मौलापुर तर्फ आउने क्रममा भकुवा खोला नजिकै ट्याक्टर दुर्घटनामा पटेलको ज्यान गएको प्रहरीको भनाइ छ ।

राजपाले भने माओवादी केन्द्रका कारण मृत्यु भएको बताएको छ । ना ५ त १०९० नम्वरको ट्याक्टर चुनाव प्रचारका लागी प्रयोग भएको र दुर्घटना भएको प्रहरीले जनाएको छ ।

राजपा नेपालले भने माओवादी कार्यकर्ताहरुले आक्रमण गरी हत्या गरेको भन्दै छानबिनको लागी माग गरेको छ । राजपा नेपालका प्रबक्ता सन्तोष कुमार मेहताले विज्ञप्ती निकालेर घटनाको छानविन गरि दोषिलाई कारवाहीको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख उपरिक्षक यज्ञविनोद पोखरेलले दुर्घटनामा युवकको ज्यान गएको बताएका छन ।

Related posts

Leave a Comment