एमालेका वरिष्ठ नेता नेपाल प्रदेश नम्बर २ काे चुनावी सभामा

अखिलेश यादव, रौतहट ।

नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमालेले जिते मात्रै देश विकास हुने बताएका छन ।

रौतहटको चन्द्रपुर ८ स्थ्ति नयाँबस्तिमा चुनावी सभामा बोल्दै नेता नेपालले एमालेले छोटो समय सरकार चलाएको वेला लोकप्रिय कामहरु शुरुवात गरेको बताएका छन ।

एमालले ५ बर्ष सरकार चलाउन पायो भने सुकुम्वासी समस्या समाधान गर्ने, जनता आवास कार्यक्रम लाइ पुर्णता दिने , राष्टिय गौरवका आयोजनाहरु पुरा गरी छाड्ने नेता नेपालले दावी गरेका छन ।

एमालेका ६ नम्वर क्षेत्रका अध्यक्ष बाबुराम दाहालले विपक्षीहरुले एमालेमा विवाद छ भनेर भ्रम छरेको र त्यसो नभई एमाले एक भएर चुनावी मैदानमा उत्रिएको धारणा राखेका छन ।

Related posts

Leave a Comment