काठमाडौं । इण्डियन प्रिमियर लिगको नयाँ सिजनका लागि शुक्रबार मिनि अक्सन भइरहेको छ । अहिलेसम्म ४०५ जनाको सूचीमा रहेकामध्ये १० जना खेलाडी विक्री भएका छन् ।
पञ्जाव किंग्सले इंग्ल्याण्डका युवा अलराउण्डर साम कुरानलाई अहिलेसम्मकै सर्बाधिक १८ करोड ५० लाख भारुमा अनुबन्ध गरेको छ । जिम्बावेका अलराउण्डर सिकन्दर राजाका लागि उसले ५० लाख भारु खर्चेको छ ।
चेन्नाई सुपर किंग्सले इंग्ल्याण्डका बेन स्टोक्सलाई १६ करोड २५ लाख भारुमा अनुबन्ध गरेको छ । भारतीय भेट्रान अजिंक्या राहणेलाई ५० लाखमै भित्र्याउन सफल भएको छ ।
गुजरात टाइटन्सले न्युजिल्याण्डका कप्तान केन विलियमसनलाई २ करोड तथा वेष्ट इण्डिजका ओडिन स्मिथलाई ५० लाख भारुमा भित्र्याएको छ । मुम्बई इण्डियन्सले इंग्लिस अलराउण्डर क्यामरुन ग्रिनका लागि १७ करोड ५० लाख भारु खर्चिएको छ । राजस्थान रोयल्सले वेष्ट इण्डिनका जेसन होल्डरका लागि ५ करोड ७५ लाख भारुमा अनुबन्धन गरेको छ ।
सनराइजर्स हैदराबादले इंग्ल्याण्डका ब्याटर ह्यारी ब्रुकलाई १३ करोड २५ लाख भारुमा भित्र्याएको छ भने भारतीय क्रिकेटर मयंक अग्रवालका लागि ८ करोड २५ लाख खर्चिएको छ ।
आईपीएल मिनि अक्सनमा २७३ भारतीय र १३२ विदेशी ९एशोसिएटका ४ जनासमेत० गरी ४०५ जना खेलाडी समावेश छन् । तीमध्ये अधिकतम ८७ जना खेलाडी विक्री हुनेछन् ।