नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक बन्दा आरजुलाई बुझाएको रकम फिर्ता माग्दै प्रदीप अधिकारी

काठमाडौँ – पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले कांग्रेस सभापति शेरबहादुर देउवाको हातैमा आएको सत्ता फुत्किएको छ । गठबन्धनसहित निर्वाचनमा लडेको कांग्रेस पहिलो पार्टी बन्यो । तर गठबन्धन जोगाउन नसक्दा केन्द्रसहित सातै प्रदेशमा सरकारको नेतृत्व गर्ने अवसर गुमाएको छ । यसले सत्ताको उपभोग गर्न तयारी अवस्थामा बसेका समग्र कांग्रेसजन र देउवा दम्पतीलाई त पिरोलेको छ नै त्यो भन्दा धेरै पिरोलेको छ, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ।

पूर्व–प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई मोटो रकम भेटी बुझाएर प्राधिकरणको महानिर्देशक बनेका अधिकारीलाई सत्ताको परिवर्तनसँगै आफ्नो पद गुम्ने डर छ । आफूविरुद्ध अदालतमा पनि मुद्धा रहेको र पद गुम्ने लगभग निश्चित भएपछि अधिकारीले महानिर्देशक बन्दा बुझाएको रकमसम्म फिर्ता मागेका छन् । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएलगत्तै आइतबार साँझ आरजुलाई फोन मार्फत अधिकारीले रकम फिर्ता मागेका हुन् । आरजु निकट स्रोतका अनुसार अधिकारीले आरजुलाई कि आफ्नो पद रक्षा गरिदिन नभए महानिर्देशक बन्दा बुझाएको रकम फिर्ता दिन आग्रह गरेका थिए । जवाफमा आरजु कड्कीएकी थिइन ।

आरजुनिकट स्रोत भन्छ, ‘प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै आरजु भाउजुलाई फोन गर्नु भएको थियो । फोनमा उहाँले आफ्नो पद रक्षा गरिदिन आग्रह गर्नु भयो । आरजुले अब आफ्नो हातमा केही नरहेको तर पनि प्रयास गर्ने बताएपछि अधिकारीले आफू महानिर्देशक बन्दा बुझाएको रकम फिर्ता माग्नुभएको थियो । त्यसपछि आरजु आक्रोशित हुनुभयो ।’

आरजुसँगको टेलिफोन संवाद लगत्तै अधिकारी आफ्नो पद जोगाउनका लागि केन्द्रित भएका छन् । प्राधिकरणकै कर्मचारीबाट भ्रष्टाचारीको नाइके उपनाम पाएका अधिकारीले महानिर्देशक बन्दा आफूभन्दा सिनियर कर्मचारीहरुलाई उछिनिएका थिए । उनीभन्दा अन्य कर्मचारीहरु योग्य हुँदाहुँदा पनि सत्ता, शक्ति र रकमको चलखेल गरि महानिर्देशक बनेका अधिकारी यति बेला बेचैन छन् । उनले अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आउने नयाँ मन्त्रीलाई आफ्नो प्रभावमा पार्ने गरी आफ्नो ध्यान केन्द्रित गरेका छन् । तर त्यो त्यत्ति सजिलै सम्भव छैन । ठेक्कपट्टा, कमिसन र घुसखोरीमा रम्न पल्केका अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्धा छ । हरेक क्षेत्रलाई सत्ता र शक्तिको प्रभावमा राख्ने अधिकारीले त्यस्ता मुद्धाहरुमा आफू अनुकुल फैसला गर्न समेत लागि परेको बताइएको छ ।

यसो त उनी प्रधिकरणको महानिर्देशक बनेपछि नेपालको नागरिक उड्डयन क्षेत्र संकटमा परेको छ । यात्रुहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलसम्म खेप्नुपरेको झन्झट र कष्ट पछिल्लो उदाहरण हो । त्यस्ते पाखरा विमानस्थल सञ्चालनमा पनि अधिकारीले ठूलो आर्थिक चलखेल गरेको आरोप लाग्ने गरेको छ । अधिकारी महानिर्देशम बनेपछि कर्मचारीसँग कमिसनको कुरा नमिलेपछि कार्यालयमा नै कुटाकुट गरेको पनि बाहिरीएको थियो ।

यसका साथै अधिकारीको दादागिरी र अवैध धन्दा चलाएर असुली गर्ने प्रवृत्तिले प्राधिकरणभित्रका धेरै कर्मचारी कार्यलयमा पुगेरै आफ्नो काम नै सहज रुपमा गर्न नसक्ने गुनासो समेत गर्ने गरेका छन् । डन पारामा कार्यलय पस्ने अधिकारीले प्राधिकरणभित्रका अनियमितताबारे कसैले प्रश्न उठाए कार्यलयमा आफ्नो चाकडी गर्नेलाई जम्मा पारेर जाँगिर खाईदिनेदेखि ज्यानै लिनेसम्मको धम्की दिने गरेको प्राधिकरणभित्रका कर्मचारी बताउँछन । यतिमात्रै होईन साँझ मादक पदार्थले मातेर बिमानस्थलमा कार्यरत महिला कर्मचारीलाई फोनमा अशिष्ट भाषामा हप्काउने गरेको गुनासो समेत उनीहरुले गरेका छन् ।

यस्तै अधिकारीले प्राधिकरणको प्रमुख भएपछि मातहतको सम्पति कवाडीको मुल्यमा विक्री गरेर, खाली रहेको जग्गालाई भाडामा लगाएर, आवाश्याक नै नभएका स्थानमा भौतिक संरचना निमार्णको ठेक्का लगाएर दुई अर्ब बढि कमिशन जम्मा पारिसकेका छन । महानिर्देशक हुनुअघि राष्ट्रिय गौरवका दुईवटै आयोजना पोखरा अन्र्तराष्टिय बिमानस्थल, भैरहवा अन्तराष्टिय विमानस्थलको प्रमुख भएर राज्यकोषको करोडौ रुपैयाँ हिनामिना गरेको आरोप छ । सोही समयमा कमसल संरचना निर्माण गर्ने तथा ठेक्कापट्टामा चलखेल गरेर यसअघि विहान बेलुकाको छाक टार्न मुस्किल हुने परिवारका अधिकारीले चितवन, ललितपुर र काठमाडौँमा घरजग्गा जोडेको तथा करोडौको ब्रिफकेश बोकेर तालुकदार मन्त्रालयलाई प्रभावित गरिरहेको उनी निकटहरु बताउँछन् ।

आर्थिक चलखेलकै कारण नागरिक उडड्यान प्राधिकरणका धेरै सिनियरलाई पन्छ्याएर ११औ तहबाट एकैपटक महानिर्देशकको कुर्ची पडकाएका उनले अहिले पनि प्राधिकरणको महत्वपूर्ण काममा भन्दा जताबाट कमिशन उठाउन सकिन्छ उतै लागेर पुरै संस्था बदनाम बनाएको प्राधिकरण स्रोत बताउँछन । नागरिक उडड्यान प्राधिकणको नेतृत्व गरिसकेका अघिल्ला डिजीहरुले समेत अधिकारीका कारण आफु कुनै कार्यकाल यो संस्थाको प्रमुख थिए भन्न समेत हिच्किचाउनुपर्ने अवस्था सिर्जना भएको सुनाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार