विश्वकपपछिको आफ्नो पहिलो खेलमा फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेले निर्णायक गोल गरेपछि फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) विजयी भएको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले स्टार्सवर्गविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको हो । पीएसजीको जितमा मार्किन्हस र केलियन एम्बाप्पेले गोल गरे। स्टार्सवर्गले एक गोल उपहार स्वरुप पायो ।
एम्बाप्पे चम्किएको खेलमा नेयमार भने रातो कार्ड खाँदै मैदान छाडेका थिए । नेयमारले दुई मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि मैदान छाड्दा पीएसजी ६२औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो ।
जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले १६ खेलबाट ४४ अंक पुर्याएको छ । पराजित स्टार्सवर्ग ११ अंक जोडेर १९औं स्थानमा छ ।