निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति सिफारिस गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका हुन् ।
प्रमुख आयुक्त थपलियासहित निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर निर्वाचनको मितिबारे छलफल गरेको थियो । हाल स्थानीय तहमा ३ प्रमुखसहित ४१ जनप्रतिनिधिको पद रिक्त छ ।
चुनावको मिति निर्वाचन आयोगको परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ ।
आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने गर्छ । स्थानीय तहमा हाल विभिन्न पदमा ४१ जना जनप्रतिनिधि रिक्त छन् ।