एजेन्सी- विश्वका अहिलेसम्मै सबैभन्दा महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा ब्राजिलमा निधन भएको छ।उनको निधनको घोषणा उनकी एक छोरीले गरेकी हुन् जो उनीसँगै साउपाउलोस्थित अस्पतालमा थिइन्।
१७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलाडीका रूपमा सुरु भएको उनको खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बीचका विश्वकप प्रतियोगितामा भाग लिए। तीमध्ये तीन वटा ब्राजिल आफैँले जितेको थियो। जम्मामा उनले एक हजारभन्दा बढी गोल गरेका छन् जसमा धेरैजसो उनले घरेलु क्लब सान्तोसका लागि गरेका हुन्।
पेलेबारे रोचक तथ्य:
रेफ्रीले मैदान छाड्नुपरेको अवस्था
सन् २०१० को एउटा अन्तर्वार्तामा ती रेफ्री ९दायाँ० ले त्यसपछि आफूलाई खेल छाड्न भनेर त्यही भएका एकजना लाइन्सम्यानलाई सिट्ठी दिन भनिएको बताए।
बोगोटामा जुन १८, १९६८ मा पेलेको क्लब सान्तोस एफसीले कोलम्बियन ओलम्पिक स्वाडसँग एउटा मैत्रीपूर्ण खेल खेलिरहेको थियो।
दर्शकहरूले भरिभराउ रङ्गशालामा रेफ्रीले फाउल र आफ्नो अपमान गरेको भन्दै पेलेलाई मैदान छाड्न भने। रेड कार्डको चलन सन् १९७० बाट मात्र सुरु भएको थियो।
रेफ्रीको उक्त निर्णयको विरोधमा सान्तोसका खेलाडीहरूले उनलाई घेरे। दर्शकहरूको भिडले पनि उक्त निर्णयको विरोध गर्यो।सन् २०१० को एउटा अन्तर्वार्तामा ती रेफ्रीले त्यसपछि आफूलाई खेल छाड्न लगाई एक लाइन्सम्यानलाई सिट्ठी दिन भनिएको बताए। पेलेलाई तत्कालै खेलमा भित्र्याइयो।
के पेलेले साँच्चै युद्ध रोकेका थिए ?
युद्ध भइरहेको नाइजेरियामा ४ फेब्रुअरी १९६९ मा हुँदा सान्तोसले स्थानिय टोलीलाई बेनिन सहरमा २-१ ले जितेको थियो।युद्ध भइरहेको नाइजिरियामा ४ फेब्रुअरी १९६९ मा हुँदा सान्तोसले स्थानीय टोलीलाई बेनिन सहरमा २-१ ले जितेको थियो
सन् १९६० को दशकमा पेलेको क्लब सान्तोस एफसी विश्वको निकै प्रसिद्ध फुटबल क्लबमध्ये गनिन्थ्यो।संसारभरि उसले मैत्रीपूर्ण खेलहरू खेल्ने अवसर पाएको थियो।तिनैमध्येको एउटा खेल युद्ध भइरहेको नाइजिरियामा फेब्रुअरी ४, १९६९ मा हुँदा सान्तोसले स्थानीय टोलीलाई बेनिन सहरमा २-१ ले जितेको थियो।
सान्तोस क्लबको इतिहासको विवरण राख्ने एक व्यक्तिका भनाइमा ब्रजिलको टोलीको सुरक्षा सुनिश्चित गर्न त्यहाँको गृहयुद्धमा पक्षबीच युद्धविराम घोषणा गरिएको थियो।पेलेले यस कुरालाई आफ्नो दोस्रो आत्मवृत्तान्तमा उल्लेख गरेका छन्।
पेले र बीटल्सको कथा
पेले अङ्ग्रेजीको कक्षा लिन गएको एउटा भाषा सम्बन्धी स्कुलमा द बिटल ब्यान्डका जोन लेननले समेत जापानी भाषा सिकिरहेका थिए।पेले अङ्ग्रेजीको कक्षा लिन गएको एउटा भाषासम्बन्धी स्कूलमा द बीटल ब्यान्डका जोन लेननले जापानी भाषा सिकिरहेका थिए
सन् १९७५ मा पेले न्यूयोर्क कस्मसका तर्फबाट अमेरिकाको पहिलो व्यावसायिक फुटबल लीग खेल्न न्यूयोर्क पुगे।उनी अङ्ग्रेजीको कक्षा लिन गएको एउटा भाषा पाठशालामा द बीटल ब्यान्डका जोन लेननले जापानी भाषा सिकिरहेका थिए।उनको भनाइअनुसार लेनन र बीटल्सका अन्य सदस्य सन् १९६६ मा इङ्ल्यान्डमा खेलिएको विश्वकपका बेला ब्रजिली टोलीलाई होटलमा भेट्न आउन खोजेका थिए।
पेलेले आफ्नो पुस्तकमा लेखेअनुसार जसलाई पुरातनवादी ब्रजिली फुटबल सङ्घका निर्देशकहरूले रोकेका थिए।
कहिल्यै युरोपेली क्लबबाट खेलेनन्
सान्तोस एफसी क्लबले रियल म्याड्रिड र एसी मिलानजस्ता क्लबका प्रस्ताव लत्याइदिन्थ्यो।सान्तोस एफसी क्लबले रेआल मड्रिड र एसी मिलानजस्ता क्लबका प्रस्ताव लत्याइदिन्थ्योउनका आलोचकहरू पेलेले कहिल्यै युरोपेली फुटबल नखेलेर आफ्नो जीवन सहज बनाएको ठान्छन्।
अन्य ब्रजिली खेलाडीलाई झैँ पेलेलाई आफ्नो महत्त्वपूर्ण समयमा विदेशमा गएर खेल्न रोकिएको थियो।सान्तोस एफसी क्लबले रेआल मड्रिड र एसी मिलानजस्ता क्लबका प्रस्ताव लत्याइदिन्थ्यो।त्यतिखेर आफू खेल्ने ठाउँमा खेलाडीको खासै चल्दैनथ्यो र पेलेलाई ब्रजिलमै राख्न त्यहाँको सरकारको उच्च तहबाट दबाव पनि थियो।
सन् १९६१ मा त्यहाँका राष्ट्रपतिले पेलेलाई ‘राष्ट्रिय सम्पत्ति’ भन्दै निर्यात गर्न नसकिने बताएका थिए।
५० वर्षको उमेरमा बल्ल कप्तान
त्यो भूमिका उनले आफ्नो ५० वर्षे उमेरमा ब्राजिलका लागि खेल्दा बहन गरेका थिए।सधै क्लब र देशको लागि क्याप्टेन बन्न अस्वीकार गर्ने पेलेले आफ्नो खेलजीवनमा केवल एक पटक त्यो भूमिका निर्वाह गरेका छन्।
त्यतिबेला उनी ५० वर्षका थिए।त्यो सन् १९९० मा आफ्नो राष्ट्रिय टोलीको जिम्मेवारीबाट सन्न्यास लिएको १९ वर्षपछि थियो।आफ्नो ५०औँ जन्मदिनका अवसरमा मिलानमा ब्रजिलविरुद्ध बाँकी विश्वले खेलेको मैत्रीपूर्ण उक्त खेलमा पेलेले ४५ मिनेट खेलेका थिए।
पेलेको अपहरण
पेलेको ४३ मिनेटको गोलपछि दर्शकहरू संहालिनसक्नुका भए। मैदामै गएर काँधमा पेलेलाई बोकेर सडकमा विजयी जुलुस गरे।पेलेको ४३ मिनेटको गोलपछि दर्शकहरू अनियन्त्रित भएका थिए । सान्तोस एफसीका खेलाडीहरू ट्रिनिडाड एन्ड टोबागोमा सन् १९७२ को सेप्टेम्बर ५ मा खेल्दा त्यति सन्तुष्ट थिएनन्।
त्यहाँ आन्दोलन भएको र सडकमा ट्याङ्क देखिएको कुरा खेलाडीहरूले सञ्चारमाध्यमहरूलाई पछि बताएका थिए।उनीहरू सक्दो छिटो खेल खेलेर विमानमा फर्किन सहमत भएका थिए।
तर पेलेको ४३ मिनेटको गोलपछि दर्शकहरू अनियन्त्रित भए। मैदामै गएर काँधमा पेलेलाई बोकेर सडकमा विजय जुलुस निकाले।उनलाई उद्धार गर्न असहज रूपमा केही मिनेट समय लाग्यो।
राष्ट्रपति बन्न चाहन्थे
नी राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि सन् १९९८ सम्म ब्राजिलका खेलकुदमन्त्री बने।पेले सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलका खेलकुदमन्त्री थिए ।
सन् १९९० मा पेलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई देशको सन् १९९४ को चुनावमा राष्ट्रपतिमा लड्ने कुरा आफूले रुचाइरहेको बताएका थिए।त्यो अवसर कहिल्यै आएन। तर उनी राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलको खेलकुदमन्त्री बने।