नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा सडक भासिएको छ । सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने नौ किलो भन्ने ठाउँको सडक आइतबार भासिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ ।
सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले जानकारी दिए । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गर्न सुरु गरिएको छ ।