सेन्ट्रल डाइगोनेष्टिक ल्याबोरेटोरी : ७०० बढी प्रकारका परीक्षण हुने ‘ए ग्रेड’ प्रयोगशाला

नेपाल सरकारबाट ‘ए’ ग्रेडको मान्यता पाइसकेको ल्याब हो सेन्ट्रल डाइगोनेष्टिक ल्याबोरेटोरी । यस ल्याबले करिब ७ बर्षदेखि प्रयोगशाला सेवाहरू उपलब्ध गराइरहेको छ । सेन्ट्रल डायग्नोस्टिक ल्याबमा पूर्ण प्रयोगशाला सेवाहरू उपलब्ध छन् ।
उक्त ल्याब गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ चिकित्सकहरूको टोलीद्वारा स्थापित गरिएको हो ।अहिले सेन्ट्रल डाइगोनेष्टिक ल्याबले जटिल रोगहरुको समेत परीक्षण गरिरहेको छ, छिटो र छरितो ढंगले । ‘ए ग्रेड’ प्रमाणपत्र प्राप्त ल्याबमा पछिल्ला दिनमा सबै खालका परीक्षण शुरु भएको छ ।

नेपालमा नै सबै खालका रोगको परीक्षण गर्ने ध्येयका साथ पछिल्ला दिनमा सेन्ट्रल ल्याब लागिपरेको छ । संसारभर सामान्यता सात हजार बढी परीक्षण हुने गरेका छन् । त्यसमध्ये नेपालमा करिब ६०० प्रकारका परीक्षण हुने गरेको छ ।

ल्याबले अत्याधुनिक प्रविधिहरू र उच्च अनुभवी प्रयोगशाला वैज्ञानिकहरूको प्रयोग गरेर प्रयोगशाला परीक्षणहरूको सेवा दिदैँ आएको छ ।

नेपालबाट वार्षिक झण्डै अर्बौ रुपैँया स्वास्थ्य परीक्षणकाका नाममा विदेश जाने गरेको छ ।स्वास्थ्य क्षेत्रका जानकारका अनुसार नेपालमा दक्ष जनशक्ति एवम् प्रयोगशाला, उपकरणलगायतको अभावमा परीक्षणका लागि भारतलगायत देशमा पठाउनुपर्ने बाध्यता थियो । तर पछिल्लो समय नेपालमा नै यो गुणस्तरीय सेवा उपलब्ध हुने गरेका छन् ।

सेन्ट्रल ल्याबमा परिक्षणपश्चात स्वास्थ्य परामर्श लिनसमेत अस्पताल धाउनुपर्नेसम्मको समस्या समाधान गर्न चिकित्सकसँग परार्मशको सेवा रहेको छ ।

यस्ता छन् सुविधा ?
सेन्ट्रल ल्याबले बिरामीको सुविधा, अस्पतालको सेवा र चिकित्सकको उपलब्धतालाई मुख्य प्राथमिकतामा राखेको छ । आफूलाई भएको स्वास्थ्य समस्या र त्यसको परामर्शको लागि झण्झट व्यहोरेर अस्पतालको ढोका ढक्ढकाउनुपर्ने बिरामीको बाध्यता अन्त्य गर्ने, चिकित्सक र अस्पताललाई पनि बिरामीको सानो समस्या हेर्नको लागि पनि अस्पताल पुग्नुपर्ने अवस्था छैन ।
सेन्ट्रल ल्याबमा सबै खाले सेवाहरु उपलब्ध छन् ।

बिरामीले परीक्षणका लागि आफनो नमूना दिएपछि ‘रिपोर्ट कहिले आउला’ भनेर सोधिराख्नुपर्ने छैन । सबै विवरण अनलाइनमा नै उपलब्ध हुने गरी प्रणाली विकास गरिएको छ । त्यसका लागि एउटा ‘युजर आइडी’ र ‘पासवर्ड’ भएपछि इन्टरनेटको सुविधा भएको जुनसुकै स्थानमा बसेर पनि आफ्नो ‘रिपोर्ट’ हेर्न सकिन्छ । सेन्ट्रल ल्याबमा अहिले ७०० बढी प्रकारका परीक्षण हुने गरेका छन् ।

यस्तै परिक्षणका लागि ल्याबमा छुट्टाछुट्टै प्याकेज पनि उपलब्ध छन् । सेन्ट्रल डाइगोनेष्टिक ल्याबोरेटोरीमा ३ हजार ५ सय देखि ११ हजारसम्मको स्वास्थ्य परिक्षण प्याकेजहरु उपलब्ध छन् ।

यस्तै ल्याबका सेवा र सुविधाबारे ल्याबको वेबसाइटबाट पनि जानकारी लिन सकिने ल्याबले जनाएको छ ।

 

 

 

 

सम्बन्धित समाचार