काठमाडौँ– नेपाली कलाकारिता क्षेत्रमा सफल जोडीका रुपमा चिनिने दीपकराज गिरी र दीपाश्री निरौलाको एक तस्बिर यति बेला भाइरल भएको छ । उक्त तस्विरमा उनीहरु चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा देखिएका छन्। उनीहरुको यो जोडीका साथमा त्यहाँका मूल पुजारी विदुर न्यौपाने देखिन्छन्। विशेष कुरा अविवाहित दीपाको सिउँदोमा सिन्दुर देखिएको छ।
फिल्म उद्योगमा जमेको यो जोडीलाई धेरैले जीवनकै जोडीका रुपमा लिने गरेकाछन्। तर दीपकका श्रीमती र ३ सन्तान छन्। दीपक हजुरबुवा बनिसक्दा पनि दीपा भने अविवाहित नै छिन्। दीपक–दीपाले थुप्रै हिट काम गरेकाछन्। यो जोडी अहिले फिलम ‘छक्का पन्जा ४’को सुटिङमा छ।
भाइरल तस्बिरमा अविवाहित दीपाको सिउँदोमा सिन्दुर देखेपछि दर्शकले विभिन्न अड्कबाजी गरिरहेका छन्। धेरैले दीपाको विवाह भएको भनेर प्रश्न गरेका छन्।दीपकले दीपाको विवाह भएको तर फिल्मका लागि बिहे भएको बताएका छन्। फिल्म ‘छक्का पन्जा ४’ छायांकनका क्रममा उक्त तस्बिर लिएको दीपकले बताएका छन्।
हेमराज बिसीको निर्देशनमा छायांकन भैरहको फिल्म ‘छक्का पन्जा ४’को छायांकनसँगै पोस्ट प्रोडक्सनको काम पनि भइरहेको छ। उक्त फिल्म फागुन १९ गतेबाट रिलिज हुने तयारीमा छ।