चिसो मौसममा स्वास्थ्यको कसरी ख्याल गर्ने ?

एजेन्सी । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ। चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने बताउँछन्। जाडोमा खासगरी हातखुट्टा, अनुहार (एक्स्पोज हुने भागको) छाला फुट्ने, फुस्रो हुने हुन्छ। यसबाट बच्न कोल्ड क्रिमको प्रयोग गर्न सकिन्छ।जाडो मौसम शुष्क हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुन्छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्रध्यापक डा। निरन्जन बम चिसोबाट बच्न दैनिक क्रियाकलापमा सचेत रहन सुझाव दिन्छन्। उनले खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने बताए। झोलपदार्थ खानेकुराका साथै हरियोसागतपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुने बताउँछन्।

धेरै चिसोले हामीहरुलाई तनाव दिने गर्छ। चिसोको असर कम गर्नलाई तातो कुराहरुको आवश्यकता पर्छ। जसमा हामीले खानेकुराहरुको पनि भूमिका रहने गर्दछ। तातो सुपदेखि लिएर पराठा भोक त बढाउछ साथै चिसोलाई कम गर्नपनि मद्धत गर्छ। चिसोबाट बच्न के खानेकुराहरु खाने ? त्यसका लागि तल केही कुराहरु सिफारिस गर्दछौं।

मुलाको पराठा
चिसोमा तातो पराठा खानको लागि मज्जा आउछ। बिहानको नास्तामा पराठाले भोक शान्त गर्नुका साथै मिठो स्वादपनि दिन्छ। मुलालाई पिसेर हरियो धनियाँ, अदुवा, लसुन र जिरा राखेको मसाला तयारगरी गहुँको पिठोमा राखेर बनाउन सकिन्छ। यसरी पकाएको पराठालाई चट्नी र राइतोको साथमापनि खान सकिन्छ।

तोरीको साग
मकैको रोटी र तोरीको साग धेरैले मन पराउछन्। चिसोमा तपाईंपनि यसको प्रयोग गर्न सक्नुहुन्छ। तोरीको पातसँगै हरियो पालुङ्‍गो, मेथी मिलाएर साग बनाइ तातो मकैको रोटीसँग खान सकिन्छ।

रोस्टेड टमाटरको सुप
तातो सुपले भोक बढाउछ। टमाटरलाई चुल्होमा वा ग्यासमा पोलेर यसको सुप तयार गर्न सकिन्छ।

सखरखण्ड वा पिडालु
शाकाहारीहरुका लागि आगोमा पोलेको वा पानीमा बफाएको खानेकुराहरु मनपर्छन। जसअन्तर्गत सखरखण्ड, पिडालु, कन्दमुल आदी पर्ने गर्छन्।

हलीम
मांसाहारीहरुका लागि चिसोमा आगोमा पोलेको मासु मनपर्छ। हलीमलाई ल्याबमा बनाइन्छ। जसलाई मसाला, दाल र गहुँको दानाको साथमा सानो आगोमा पकाइन्छ। यसलाई चिसोमा खानको लागि मांसाहारीहरु मन पराउछन्।

सम्बन्धित समाचार