बिचौलियाका रुपमा चिनिने महानिर्देशक अधिकारीका कारण बदनाम बन्दै नेपालको उडड्यान क्षेत्र

'कमिशनमोह र अनियमितताका कारण नेपालको कुटनीतिक क्षेत्र समेत धुमिल बन्दै'

काठमाडाैँ- गलत मान्छेको हातमा कुनै संस्था वा कम्पनी पर्यो भने राज्यलाई पुग्ने क्षति र संस्थाको अवस्था के हुन्छ भन्ने उदारहण देखाउनुपर्दा आजकल नेपाल नागरिक उड्डयन प्राधिकरण देखाईदिए पुग्छ । एक वर्षअघि महानिर्देशक बनेका प्रदिप अधिकारीका कारण अहिले नेपालको नागरिक उडड्यान क्षेत्रको मात्रै बदनामी भएको छैन, प्राधिकरण बाँदरका हातमा नरिवल जस्तै बनेको छ । यसकारण राज्यले अरबौं क्षति बेर्होनुका साथै नेपालको छिमकी मुलुकसँगको कुटनीतिक सम्बन्ध समेत धुमिल बनेको छ ।

आयोजना प्रमुख हुदाँ पोखरा र भैरहवा बिमानस्थलको लागत दोब्बर बनाएर करोडौ कमिसन बुझेका कारण दण्डित हुनुपर्ने अधिकारी आर्थिक चलखेलमार्फत नेतृत्वमा पुगेपछि उड्डयान क्षेत्र यस्तो अवस्थमा पुगेको हो । अधिकारीको व्यक्तिगत स्वार्थ र कमिशन मोहले नेपालको पुरै उड्डयन क्षेत्रको भविष्य नै संकटमा परेको छ । राजनीतिक मोलमोलाइमार्फत महानिर्देशकको कुर्चीमा पुगेका अधिकारीले पदको दुरुपयोग गरि कमिशन र अनियमिततामा लिप्त हुँदा यतिबेला प्राधिकरण इतिहासकै खराब अवस्थामा पुगेको सरोकारवालाहरु बताउँछन ।

आफु निकटसँग नेता पैसामा बिक्ने भएकाले जुनकुनै नेतालाई चाहेअनुकुल प्रयोग गर्न सक्छु भन्ने गरेका अधिकारीको रबैयामा सरकार मौन बस्नुले अधिकारीले भनेझै नेता पैसामै बिकरहेका त छैनन भन्ने शंसय समेत सँगै सँगै पैदा भएको सरोकारवालाहरु बताउँछन । सिनियरलाई पन्छ्याएर ११औ तहबाट एकैपटक महानिर्देशक बनेका अधिकारीले आफ्ना साथीहरुसँग बस्दा “आई एम द स्टेट’ भन्ने गरेका छन । पैसामा सबै किन्न सकिन्छ भन्ने अधिकारीका अघि जुन पार्टीको सरकार बनेपनि विभागीय मन्त्री, सचिव तथा प्रधानमन्त्रीसमेत निरिह बन्ने गरेका छन । जसका कारण प्रदिप अधिकारीले गरिरहेका राज्यबिरुद्धका काममा समेत सरकारले आँखा चिम्लिएको जस्तो देखिन्छ । यसैले पनि होला आफै बिरुद्ध अख्तियारमा परेको उजुरी डिसमिस गर्ने तथा सर्वोच्चमा बिचाराधिन मुद्दामा समेत आफुले जे भन्यो त्यहि हुने गरेको अधिकारीले निकटस्थहरुलाई सुनाउने गरेका छन । सर्वोच्च अदालतमा बिचाराधिन मुद्दा प्रभावित गर्न सक्ने भन्दै निकटका व्यक्तिसँग बिचौलियाको भूमिकामा प्रस्तुत हुने महानिर्देशक अधिकारी आफुबिरुद्ध परेको मुद्दाको पेशि धेरैपटक आफुले नै सारेको उदारहण दिन्छन ।

उसो त २ सय ९८ कर्मचारीको टिएडिएबापतको बिल फर्जी भएको भन्दै अख्तियारमा परेको उजुरीमा समेत आफैले मुद्दा मिलाईदिने भन्दै महानिर्देशक अधिकारीले प्रति कर्मचारी १० हजारका दरले उठाएको चर्चा प्राधिकरणभित्र निक्कै चल्ने गरेको छ । अधिकारीले फर्जी बिलको विषयमा अख्तियारमा परेको उजुरीका कारण अतालिएका कर्मचारीलाई अख्तियार प्रमुख प्रेम राईलाई उ आफ्नै मान्छे भएकाले केहि नगर्ने भन्दै आश्वस्त पार्ने गरेको प्राधिकरणकै कर्मचारीको भनाई छ ।

छोटो बसाईमा पनि असाध्यै खुल्ने स्वभावका उनले निकट व्यक्तिहरुसँग नेपालका नेता र कर्मचारीलाई पैसाको आवश्यकता रहेको र त्यो आवश्यकता आफुले पुरा गरिदिने हुँदो जे भन्यो त्यही हुने बताउँछन् । अझै लाजलाग्दो त पोखरा अन्तराष्टिय विमानस्थलको उदघाटनमा जादाँ समेत प्रचण्डको परिवारले पैसाको अपेक्षा गरेकाले आफुले त्यो अपेक्षा पुरा गराएरै भएपनि आफुले चाहेकै समयमा उदघाटन गराई छाडेको सुनाएका थिए ।

आयोजना प्रमुख हुदाँ लागत दोब्बर बनाएर राज्यलाई ठुलो घाटा पु¥याउँदा समेत आफूलाई कारबाही नभएकोमा उनी गर्व गर्छन् । देशकै गौरवको आयोजनाका रुपमा अघि बढाईएको पोखरा अन्तराष्ट्रिय विमानस्थलको ठेक्का प्रक्रियाका बेला अधिकारी प्राधिकरणको आयोजना प्रमुख थिए । विभागीय प्रमुखका रुपमा रहेका अधिकारीले नेपालमा चिनियाँ ठेकेदारको बिचौलियाका रुपमा सेटिङमा ठेक्का लगाउन ईपिसी र बिओक्यू दुई भिन्न मोडललाई जोडेर ठेक्का मापदण्ड बनाएका थिए । जुन सार्वजनिक खरिद ऐनको बर्खिलापमा थियो । यसमा राज्यका सबै निकाय मौन बसेपछि अधिकारीले राज्य र एजेन्ट दुवै तर्फ मिलाउन सक्ने बिचौलियाका रुपमा चीनियाँ ठेकेदारहरुले बुझ्ने गरेका छन ।

त्यसो त महानिर्देशक हुनुभन्दा पहिले राष्टिय गौरवका आयोजनाबाहेक अन्य आयोजनाको ठेक्का लगाएपछि निमार्ण कम्पनीसँग मिलेर कमसल काम गर्ने र कमिसन उठाउने उनको धन्दा जस्तै थियो । यसरि आर्जन गरेको पैसाले इमाडोलमा करोडौ पर्ने आलिसन बंगला बनाएका अधिकारीले सोही घरमा घुसबापत लिएको पैसा बोरामा खादेको आरोप प्राधिकरणभित्रै लाग्ने गरेको छ । । कमिसन लिएर कमसल काम गराउने उदाहरणको रुपमा बागलुङको बलेवा विमानस्थललाई लिन सकिन्छ ।

सेटिङ मार्फत आफ्नै श्रीमतिको लगानी रहेकोे कम्पनिलाई ठेक्का लगाएर उनले बलेवा विमानस्थल निमार्णका बेला धावनमार्गको लम्बाई र चौडाई घटाएका थिए । जसको कारणले उक्त विमानस्थलमा अहिलेसम्म परिक्षण उडान समेत हुन सकेको छैन । उनकी श्रीमतिको समेत लगानी रहेको यहि कम्पनीले बनाएको जनकपुर विमानस्थलको छानो समेत काम सकिएको एक महिनामै भत्किएको थियो । त्यस्तै बनिनसक्दै भत्किएर पनि सबै रकम निकासा भएको फाप्लु विमानस्थलको पर्खाल निर्माणको जिम्मा पनि यहि कम्पनीले पाएको थियो । भष्ट र बिबादित छबी र घुसखोरी प्रवृत्तिका कारण अधिकारीमाथि यी वाहेकका थुप्रै आरोप लाग्ने गरेका छन् ।

पछिल्लो पटक मोटो कमिसनको लोभमा भैरहवा र पोखराको ग्राउण्ड हेण्डलिङको जिम्मा हिमालयन एयरलाईन्सलाई दिएर राज्यलाई करोडौ क्षति पुर्योउने योजनामा त भारतले समेत प्रश्न गरेको थियो । नेपालमा उडान भर्ने विदेशी कम्पनीमार्फत मोटो कमिशन बुझ्ने गरेको उजुरी भारतीय बायुसेवा कम्पनीले नेपालस्थित दुतावासमा समेत गरेपछि अहिले अधिकारीको यस्तो धन्दाका बिरुद्ध भारतीय दुतावासले समेत चासो राखेको बुझिन्छ ।

नेपालस्थित भारतीय राजदुतावासले तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवालाई नै भेटेर नेपाल नागरिक उडड्यान प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले नेपाल उडान भर्ने बिमान कम्पनीलाई समेत मागेको कमिसन नदिए समस्या पैदा गरिदिनेगरेकोे उजुरी परेको सुचना दिएपछि देउवाले समेत अधिकारीको सातो खाएका थिए । देउवाले अन्तिम मौका दिएकै हप्ता सत्ता गठबन्धन भत्किएपछि अहिले प्रचण्ड नेतृत्वमा बनेको सरकारलाई समेत अधिकारीले गुमराहमा राखेर काम गरिरहेका छन ।

शुक्रबार आफुनिकटसँगको अनौपचारिक कुराकानीमा अधिकारीले भारतीय राजदुत फेर्ने हैसियत आफुसँग रहेको सुनाउदैं प्रचण्ड पुत्रि गंगा दाहालका श्रीमान जिवन आचार्य ले समेत आफुसँग मोटो पैसा बुझिसकेकोे सुनाउदाँ प्राधिकरणका कार्यरत माओवादी निकटका कर्मचारीले जिब्रो टोकेका थिए । तर, यसअघिका मन्त्री प्रधानमन्त्रीलाई पनि मैले पैसाले किनेको छु भन्ने गरेका बदनाम छबीका प्रदिप अधिकारीले आफुनिकटसँग यस्तो सुनाएपनि प्रचण्ड परिवारले अधिकारीसँग पैसा बुझेको कुरामा भने विश्वास गरिहाल्न सक्ने अवस्था छैन । तर, महानिर्देशक अधिकारीले भने गंगाका श्रीमान जिवनले यसअघि समेत पैसा मागिरहने गरेकाले आफुले प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै मोटो रकम बुझाएको धेरैजनासँग सुनाउने गरेको स्रोतको दाबी छ । स्रोत भन्छ, पैसाकै कारोबारका कारण अधिकारीले प्रचण्डलाई समेत आफुले चाहेअनुसार नचाउन थालिसकेका छन ।

महानिर्देशक अधिकारी विरुद्ध लाग्ने गरेका आरोपहरु

  • निर्माण कम्पनीलाई धावनमार्गभित्रैबाट ढुंगा झिक्न दिने तर कमिसन राखेर ढुंगाको बिल पास गर्ने ।
  • आफ्नौ श्रीमतिको लगानी रहेको कम्पनीलाई ठेक्का सेटिङ मिलाउने । यो प्रकरणमा अख्तियारमा मुद्धा समेत परेको छ ।
  • प्राधिकरणभित्रका कर्मचारीलाई हरेक बैठकमा आफ्नो बारेमा बोले जाँगिर खाईदिने धम्कि दिने ।
  • देशका सार्वजनिक सेवा प्रदायक संस्थाका काम कारबाही पारदर्शी हुनुपर्छ भन्ने बहस चलिरहेका बेला अधिकारीले कर्मचारीलाई पनि मोबाईल अफ गरेर बाहिर लकरमा राखेपछि मात्रै भित्र छिर्न दिने गरेका छन् ।
  • भैरहवा विमानस्थलमा प्रदिप अधिकारीका मान्छे कमिसन बढि माग्दा चल्न नसकेको आरोप लाग्ने गरेको छ । अर्को अधिकारीले २२ अर्बको टर्मिनल २ हत्याएर मोटो कमिशनको चक्करमा लाग्दा बिमानस्थल चलाउनेतर्फ ध्यान नपुगेको बताइन्छ । यस्तै विमानस्थल बनाउँदा भएको कमजोरीका कारणले बिमान कम्पनीले त्यो बिमानस्थलमा अहिलेकै अवस्थामा उडान भर्न सहज मानेका छैनन् । विमानस्थल अधिकारीकै नेतृत्वमा निमार्ण भएको थियो ।
  • विभागीय मन्त्री बनेपछि प्रधानमन्त्रीसँग सिधा पहुँच नहुने भएकाले हतारमा पोखरा बिमानस्थलको उद्घाटन गराएको बताइएको छ । यसमा मोटो आर्थिक लाभ लिने प्रदीपको महत्वकांक्षा रहेको बुझिन्छ ।
  • पोखरा बिमानस्थलभित्र आयल निगमको डिपो राख्न समेत अधिकारीले कमिसन माग्ने गरेका छन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक बन्नुभन्दा पहिलेदेखि नै अधिकारी विवादमा पर्दै आएका व्यक्ति हुन् । विवादीत छवि भएका अधिकारीलाई महानिर्देशक बनाउने निर्णय नै गलत भएको पुष्टि हुँदै गएको छ । नेपालको नागरिक उड्डयन क्षेत्र अहिले इतिहासकै कमजोर छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार