काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए ।
दुर्घटनामा दर्जनौँको मृत्यु भैसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । उद्धार कार्य जारी रहेकोले मृत्यु हुनेको संख्या बढ्ने उनको भनाई छ । अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।