धनुषाको हिरासतबाट भागेका ९ जनामध्ये ७ जना थुनुवा पक्राउ

Image

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट भागेका ९ जनामध्ये ७ जना थुनुवा पक्राउ परेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले दुई जनालाई जनकपुरधामबाट र पाँच जनालाई विदेह नगरपालिकाको लखौरी भन्ने ठाउँबाट पक्राउ गरेको बताए ।

सोमबार बिहान तीन साढे तीन बजेको समयमा जिल्ला प्रहरी कार्यालयको हिरासतको भेन्टिलेशन तोडेर ९ जना थुनुवा फरार भएका थिए । फरार भएकामध्ये एकजनालाई जनकपुरधामबाट नै पक्राउ गरिएको थियो भने ८ जना फरार भएका थिए ।

प्रवक्ता अवाका अनुसार फरार भएका थुनुवाहरुमध्ये लागूऔषध मुद्दाका अमित कुमार झा, रंजित मण्डल, रोशन कुमार मण्डल, अभास्कर कुमार यादव र अभद्र व्यवहार मुद्दाका सुमित मेस्तर (नावालक) र विक्की कार्कीलाई पक्राउ गरिएको छ ।

लागूऔषध मुद्दाका विशाल मुखिया र अभद्र व्यवहार मुद्दाका मनिष मण्डल अहिलेपनि फरार रहेको र उनीहरुको खोेजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।