अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहानैदेखि पहिरो हटाउने प्रयास भएपनि नसकिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए ।
डीएसपी भण्डारीका अनुसार सडक विभाग कार्यालय र फास्ट ट्रयाकसँग समन्वय गरी अवरोध हटाउने पहल भइरहेको छ ।
सडकमा पहिरो खसेपछि हेटौँडा–काठमाडौँको आवतजावत गर्ने सवारी साधनबीच बाटोमै रोकिएका छन् । गाडी रोकिँदा यात्रुको बिचल्ली भएको छ ।
पहिरो ठूलो भएकाले हटाउन आज दिनभरी नै लाग्ने अनुमान प्रहरीले गरेको छ ।