प्रधानमन्त्री केपी शर्मा ओली र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीबीच अमेरिकामा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली र कतारी समकक्षी थानीबीच आज दुईपक्षीय भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलसहित अमेरिकाको न्युयोर्कमा छन् ।