बाढी र पहिरोमा परी ललितपुरमा मात्र ९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।
ललितपुर प्रहरीले आज दिउँसो १२ बजे दिएको विवरणअनुसार ललितपुरका विभिन्न स्थानमा गरी ९ जना मृत फेला परेका हुन् । जिल्लाका विभिन्न स्थानबाट अहिलेसम्म ११ जना हराइरहेको प्रहरीले जानकारी दिएको छ ।
ललितपुर प्रहरी र तालुक कार्यालयबाट उद्धारका लागि बोटसहित प्रहरी जनशक्ति ११०० जना खटाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सानेपा क्षेत्रबाट ७७ जना, नक्खु हार्मोनी कोलोनीबाट १४ जना, नख्खिबोट क्षेत्रबाट १५ जना, बुङमती क्षेत्रबाट ७५ जना, चापागाउँ क्षेत्रबाट ५५ जना, यूएन पार्कबाट १ जना, इमाडोल क्षेत्रबाट २८ जना गरी जम्मा २८१ जनाको उद्धार गरिएको छ ।