ललितपुरको नख्खु खोलाले बगाएका तीन जनाको उद्धार, एक अझै बेपत्ता

Image
पाटन अस्पतालमा उपचारका क्रममा उद्धार गरिएका तीनजना

ललितपुरको नख्खु खोलाले बगाएर बेपत्ता भएका ४ जनामध्ये ३ जनाको उद्धार भएको छ ।

ललितपुर महानगरपालिका १४ नखिपोटस्थित कान्तिपुर कोलोनि नजिकबाट नख्खु खोलाले बगाउँदा एक महिला, दुई पुरुष र एक बालक बेपत्ता भएका थिए ।

त्यसमध्ये तीनजनाको उद्धार गरेर अहिले पाटन अस्पतालमा उपचारका लागि पुर्‍याइएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।

एसएसपी खनालका अनुसार, बेपत्ता भएका ४ मध्ये १ जना अझै बेपत्ता छन् । बाढीमा फसेका उनीहरूले टहराको छानोमा बसेर लामो समय उद्दारका लागि कुरिरहेका थिए।

बाढीमा फसेका उनीहरुले टहराको छानोमा बसेर लामो समय उद्दारका लागि कुरिरहेका थिए । उद्दार हुन नपाउदै उनीहरुलाई बाढीले बगाएको थियो ।