ललितपुरको हात्तीवनमा भासियो सडक, खस्यो बस

ललितपुरको हात्तीवनमा सडक भासिएको छ। अविरल परेको वर्षाका कारण शनिबार दिउँसो त्यहाँस्थितत सडक भासिएको हो।

सडक भासिएपछि परेको भ्वाङमा एउटा यात्रुवाहक बस पनि खसेको छ। बा २ ख ६८४८ नम्बरको बस सडकमा भासिएपछि बनेको भ्वाङमा खसेको हो।

बसमा यात्रु सवार थिए वा थिएनन् भन्ने विवरण आउन बाँकी छ।

Share