काठमाडौँ – नामिबियिका शीर्षक्रमका ब्याटर माइकल भान लिंगेनले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली नेपालविरुद्ध सानदार शतक हानेका छन् ।
माइकलले १ सय १८ बलमा आफ्नो ओडिआई करिअरको तेस्रो शतक हो । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ४१ ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको छ । नामिबियाका माइकल भान लिंगेन १ सय २१ बलमा ६ चौका र ५ छक्कासहित १ सय ८ रनको सानदार शतकीय अविजित इनिङ खेलेका छन् ।
उनको यो यो लगातार दोस्रो शतक हो । यसअघि नेपालविरुद्ध नै डिसेम्बरमा आफ्नो करिअरको सर्वाधिक १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए ।
कप्तान जेरार्ड इरास्मस ७९ बलमा २ चौका र ३ छक्कासहित ५६ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि जेरार्ड र लिंगेनले १ सय २४ रनको सानदार शतकीय साझेदारी गरेका थिए । कुशल मल्लले ३७ औं ओभरको पहिलो बलमा जेरार्ड सन्दीप लामिछानेबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेका थिए ।
स्पिनर कुशल मल्लको २६ औं ओभरको अन्तिम बलमा रोहित पौडेलले मिडअनमा गेरार्डको ब्यक्तिगत ५६ रनमा क्याच ड्रप गरेका थिए । तीव्र गतिका बलर सोमपाल कामीले चोभार एण्डबाट बलिङ गर्दै तेस्रो ओभरको पाँचौं बलमा ओपनर लो ह्यान्डरे लरेन्सलाई ५ रनमा बोल्ड आउट गरे ।
त्यसअघि सोमपालले इनिङको पहिलो बलनै नो फ्याँलेका थिए । स्पिनर सन्दीप लामिछानेले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टोकलाई १३ रनमा बोल्ड आउट गरे । चोभार एन्डबाट आएका सन्दीपले आफ्नो स्पेलको दोस्रो बलमै विकेट लिँदै साझेदारी तोडेका थिए । विकेटपछि सन्दीप मैदानमा भावुक बनेका थिए ।