बीबीसीको दिल्ली कार्यालयमा छापा

काठमाडौँ– भारतको राजधानी नयाँदिल्ली र मुम्बईमा रहेका ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)का कार्यालयमा मंगलबार भारतीय सरकारी अधिकारीहरूले छापा मारेका छन्। भारतको आयकर विभागका कर्मचारीहरूले एकैसाथ बीबीसीका दुई कार्यालयमा छापा मारेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

खानतलासीको क्रममा केही पत्रकारहरूको मोबाइल पनि जफत गरिएको बताइएको छ। छापा मारेको जानकारी लण्डनस्थित बीबीसीको कार्यालयमा दिइएको छ। स्रोतका अनुसार यो अन्तर्राष्ट्रिय करसँग सम्बन्धित विषय हो। कर अनियमिततालाई लिएर बीबीसीको कार्यालयमा विभागले खानतलासी गरेको हो। यद्यपि यस सम्बन्धमा आयकर विभागले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।

सम्बन्धित समाचार