इरानले भन्यो- इजरायलमा हाम्रो हमला हानिया र नसरल्लाह हत्याको जवाफ

Image

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले इरानको सरकारी टेलिभिजनमा विज्ञप्ति जारी गर्दै इजरायलमा आक्रमण भएको पुष्टि गरेको छ। इजरायलतर्फ दर्जनौँ मिसाइल प्रहार गरिएको बताइएको छ।

इजरायलले जवाफी कारबाही गरेमा थप मिसाइल प्रहार गर्ने चेतावनी पनि दिइएको छ। निकै शक्तिशाली मानिने इरानी रिभोल्युसनरी गार्ड्सले हमास नेता इस्माइल हानिया, हिजबुल्लाह नेता हसन नसरल्लाह हत्याका साथै लेबनान र प्यालेस्टाइनका जनता मारिएको जवाफमा यो आक्रमण गरिएको बताएको छ।

उक्त विज्ञप्तिमा इजरायलका महत्त्वपूर्ण लक्ष्यलाई निशाना बनाइएको र यस विषयमा पछि जानकारी दिइने उल्लेख गरिएको छ।