अखिल क्रान्तिकारीको बन्दसत्र स्थगन

Image

काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र स्थगन गरिएको छ ।

असोज १० गते उद्घाटन भएको सम्मेलन उमेर हदका विषयमा अल्झिएर लम्बिइरहेको हो । संगठनमा रहन पाउने उमेरहद ३२ वा त्यो भन्दा कम तोक्ने वा उमेरहद नै नराख्ने भन्ने विषयमा विवाद भइरहेको हो ।

आज स्थगन भएको बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विवाद नटुंगिएपछि त्यसको समाधान गर्ने जिम्मेवारी उपमहासचिव शक्ति बस्नेतले पाएका थिए । छलफलबाट पनि समाधान ननिस्केको हो खासगरी अध्यक्षलगायतका प्रत्यासी रहेका विद्यार्थी नेता उमेरहदका पक्षमा छैनन् । उमेरहद लगाउँदा उनीहरू सबै बाहिरिने र नयाँले अवसर पाउने स्थिति छ । यस्तोमा तल्लो तहका प्रतिनिधि उमेरहद लागू गर्नुपर्ने पक्षमा छन् ।