काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा भएको नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेल र करन केसीले उत्कृष्ट साझेदारी गरे।
स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । कमजोर सुरुवात गरेको नेपालका लागि कप्तान पौडेलले १०७ बलमा ७ चौका र ४ छक्काको मद्धतमा ९५ रन जोडे । उनलाई केसीले बलियो साथ दिए । केसीले ३१ रन जोडे ।