प्रधानमन्त्री ओलीसँग बंगलादेशका मन्त्री हसनको भेट

Image

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको  भेटका अवसरमा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा रराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए ।

आजै दुई देशबीच विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुँदै छ ।