गोरखामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमसेन थापा गाउँपालिका –२ तान्द्राङका ३४ वर्षीय टीकाराम लामिछाने भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार हिजो दिउँसो २ बजेको समयमा गोरखा आँबुखैरनी सडक खण्डमा पर्ने गोरखा नगरपालिका –९ ठिंगुरेश्वरामा गोरखा सदरमुकामबाट आँबुखैरनीतर्फ जाँदैगरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएको थियो । गम्भीर घाइते लामिछानेको जिल्ला अस्पताल गोरखामा उपचार गर्ने क्रममा साँझ ४ः२५ बजे मृत्यु भएको हो ।
घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शर्माले बताए ।