पीएनजीविरुद्ध नेपालको सानदार जित

काठमाडौँ – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले चार विकेटको जित हात पारेको हो । नेपालले ४५ ओभर २ बलमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

नेपालको जितमा कुशल भुर्तेलले ६९ बलमा ५६ रनको योगदान गरेको भने आशिफ शैखले ४४, आरिफ शैखले ३३,कप्तान रोहित पौडेलले २० रन बनाएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले र्धारित ५० ‌ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका आसाद भाला र चाद सोपरले समान ३६ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झाले ३ र कुशल मल्लले २ विकेट लिए । यस्तै सोमपाल कामी, करण केसी र प्रतिस जिसीले १/१ विकेट लिए ।

सम्बन्धित समाचार