नवलपुरको कावासोतीमा स्कुल बसको ठक्करबाट एक नाबालकको मृत्यु भएको छ ।
कावासोती-१ छहारी चोकको भित्री सडक खण्डमा कोइलापानीबाट फलफूल चोक जाँदै गरेको गण्डकी बोर्डिङ स्कूलको ना१क ५८१७ नम्बरको बसले ठक्कर दिँदा कावासोती १ छहारी चोक निवासी यम पौडेलका २२ महिने छोरा सम्राटको मृत्यु भएको हो ।
बसले बालबालिकालाई विद्यालय पुर्याउँदै गर्दा सडकमा खेली रहेका बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि नवलपुर अस्पताल कावासोती लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । ठक्कर दिने बस र बस चालक प्रहरी नियन्त्रणमा छ ।