स्यालको आक्रमणबाट १० जना घाइते

Image

कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्यालको आक्रमणबाट १० जना घाइते भएका छन् । पालिकाको वडा ३ को पत्थरदेइया र महादेइया वस्तीमा स्यालले आक्रमण गरेको थियो ।

आक्रमणबाट पत्थरदेइया बस्ने १२ वर्षीय महाजार आलम र कृष्ण यादव, ५२ वर्षीया राजमती कोरी, ५५ वर्षीय जगनाथ अहिर, ५० वर्षीया भोला पासी महादेइयाका ५० वर्षीय बब्बु केवट र मुन्नालाल चौधरी, ३५ वर्षीय शिवकुमार यादव र १५ वर्षीय अर्जुन यादव घाइते भएका छन् ।

दुवै वस्तीमा बिहीबार राति स्यालले आक्रमण गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए । घाइतेहरूको शिवराज अस्पताल बहादुरगन्जमा उपचारका लागि लगिएको छ । अस्पतालमा रेबिज भ्याक्सिन सकिएपछि ४ जनालाई बुटवल रिफर गरेको प्रहरीले जनाएको छ ।