सर्लाहीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको बसबरिया गाउँपालिका–४ गोनरवाका १२ वर्षका चन्दन भण्डारी छन् ।
शुक्रबार साँझ पौने ५ बजेतिर घरदेखि ५०० मिटर पर नहरको जमेको पानीमा नुहाउन गएको बेला बालक डुबेका प्रहरीले जनाएको छ ।
माछा मारिरहेका स्थानीयले बालक डुबिरहेको देखेपछि उद्धार गरेका थिए, त्यसपछि उनलाई उपचारका लागि सर्लाहीको बरहथवामा रहेको गोल्डेन अस्पताल लगिएको थियो ।
उपचारको क्रममा ५ बजेर १८ मिनेटमा चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नहरमा डुबेर १२ वर्षिय बालकको मृत्यु
विज्ञापन
विज्ञापन