यूएईलाई हराउँदै विश्वकपमा छनोट हुने नेपालको लक्ष्य

'यूएईसँग बदला लिने मौका नेपाललाई'

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । अजमानस्थित इर्डेन गार्डेन ओभलमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार १०ः४५ मा सुरु हुनेछ ।

लगातार ४ खेलमा जित निकालेको नेपाल आजको खेलमा पनि सहज जित निकाल्दै विश्वकपमा छनोट हुने योजनामा छ । चार खेल खेलेका दुवै टोलीको समान अंक छ । तर, यूएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल २०१६ पछि यू–१९ विश्वकप खेल्ने योजना बनाउने योजनामा छ । त्यसैले आजको खेलमा नेपाललाई सहज जितको अपेक्षा हुनेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार