ब्याटिङ नचलेपछि नेपाल संकटमा

काठमाडाैँ  : कप्तान रोहित पौडेल र अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध डक आउट भएका छन् ।

जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै ५३ रन बनाएको छ । नेपालका कुशल मल्ल २० बलमा३ चौका र १ छक्कासहित २४ रनमा क्रिजमा छन् । आसिफ शेख १३ बलमा ३ चौकासहित १७ रनमा क्रिजमा छन् ।

पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १.२ ओभरमा १२ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल सबिर अलीको बलमा मोहम्मद वासिमबाट ५ रनमा क्याच आउट भए ।

तीव्र गतिका बलर जुनैद सिद्दिकले तेस्रो ओभरको तेस्रो बलमा विकेटकिपर वृत्य अरविन्दबाट शून्यमा क्याच गराए । एक बलपछि कप्तान रोहित पौडेल बोल्ड आउट हुन पुगेपछि नेपाल १७/३ को अवस्थामा पुगेको थियो ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो ।

युएईका ओपनर आसिफ खानले ९९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए । रोहन मुस्तफा ७६ बलमा २ चौकासहित ५२ रनमा अविजित रहे । नेपालका सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । करण केसी, आरिफ शेख र कुशल मल्लले एक एक विकेट लिए ।

सम्बन्धित समाचार