काठमाडौँ – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई हराउँदै विश्वकपमा पुगेको छ । ६ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको छ ।
योसँगै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपको नेपालले स्थान बनाएको छ ।जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपालको जित पक्का गराएका हुन् ।