रुसको हमलाबाट बाखमुट ध्वस्त

बाखमुट । रुसी सेना र रुसको तर्फबाट युद्धमा सामेल निजी सैनिक व्याग्नर समूह बाखमुटबाट युक्रेनी सेनालाई खेद्न प्रयास गरिरहेका छन् ।

युक्रेनी सहरका उपमेयर अलेक्सान्डरले लडाईं सहरको गल्लीसम्म पुगेको तर हालसम्म रुसले सो सहर पूर्णरुपमा कब्जा गर्न नसकेको जानकारी दिएका छन् । बाखमुटमा रहेका ४ हजार सर्वसाधारण हाल क्याम्पहरूमा बसिरहेका छन् । उनीहरुसँग ग्यास, बिजुली र पानीको अभाव रहेको छ । उपमेयरका अनुसार सहरका हरेक भवनमा रुसी सेनाहरूले आक्रमण गरेका छन् । ‘पूरै सहर लगभग ध्वस्त भएको छ,’ उनले भने ।

बेलायती गुप्तचर संस्थाले हालसम्म युक्रेनी सेना डटेर रुसी आक्रमणको सामना गरिरहेका छन् । उनीहरू आफ्नो चौकीमा तैनाथ रहेका छन् । युक्रेनी सेनाका प्रवक्ता सरही चेरेवातीले आफूहरूले कठिन अवस्थामा रुसी सैनिकलाई रोकिराखेको बताएका छन् ।

उनले भने, ‘हरेक दिन रुसी सेनाको मद्दत गरिरहेको व्याग्नर समूहले हाम्रो चौकीमाथि हमला गरिरहेका छन् । दिनमा ३० या ५० पटकसम्म हामीमाथि आक्रमण हुने गरेको छ । तर पनि हाम्रा सैनिक डटिरहेका छन् । हामी हरेक दिन ठुलो सङ्ख्यामा रुसी सैनिक मारिरहेका छौँ । हामी जीत हासिल गर्नेमा विश्वत छौँ ।’

सम्बन्धित समाचार