काठमाडौँ – नेपालले आइसिसी विश्वकप लिग –२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध खराब ब्याटिङ गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ६९ रन बनाएको छ ।
नेपालका आधा ब्याटर पेभेलिएन फर्किए सकेका छन् । नेपालका भीम सार्की ९ र सन्दीप लामिछाने १ रनमा क्रिजमा छन् । तीव्र गतिका बलर जुनैद सिद्दिकको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेख सट लेगमा आयन खानले उत्कृष्ट क्याच लिएपछि ६ रनमा पेभिलिएन फर्केका थिए ।
ज्ञानेन्द्र मल्ल जुनैदको नवौं ओभरको अन्तिम बलमा ११ रनमा एलबीडब्लू आउट भए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र कुशलले २० रनको साझेदारी गरेका थिए ।
रोहित पौडेल स्पिनर आयन लर्कानको १२ औं ओभरको दोस्रो बलमा एक रनमा बोल्ड आउट भए । रोहन मुस्तफाले १५ औं ओभरको पहिलो बलमा कुशल मल्ललाई ३२ रनमा बोल्ड आउट गरे ।