काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाले चीनलाई घेरा हाल्ने, दबाउन र रोक्ने प्रयास गरिरहेको बताएका छन् । चीनको नेशनल पिपुल्स कंग्रेसका क्रममा आयोजित राजनीतिक सल्लाहकार समूहको बैठकमा राष्ट्रपति सीले अमेरिकाले यस्तो ठूलो मूल्य चुकाउनु पर्ने बताएका हुन् ।
अर्कोतर्फ चीनका विदेशमन्त्री चिन गाङले पनि मंगलबार राष्ट्रपतिको भनाइको समर्थन गर्दै चीन र अमेरिकाबीचको तनावपूर्ण सम्बन्धका लागि अमेरिकालाई जिम्मेवार ठह¥याएका छन् ।
उनले भने, ‘यदि अमेरिकाले आफ्नो गतिविधिमा ब्रेक लगाएन र गलत बाटोमा जान बन्द गरेन भने जतिसुकै सुरक्षा कायम गरे पनि रेल पटरीबाट खस्ने निश्चित छ र यसले द्वन्द्व निम्त्याउन सक्छ। यदि यस्तो भयो भने यसको परिणाम भयावह हुनेछ ।’
चीन गाङले ताइवान मुद्दाको उल्लेख गर्दै यो रातो रेखा हो जसलाई पार गर्न नपाइने स्पष्ट पारे । उनले ताइवानको प्रश्न चीनको मूल हितसँग सम्बन्धित भएको भन्दै अमेरिकालाई बीचमा नआउन चेतावनीदिए ।