अञ्जन बने वर्ष पुरुष खेलाडी

काठमाडौं – १९ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत यसपटक वर्ष पुरुष खेलाडीको अवार्ड फुटबलका अञ्जन विष्टले जितेका छन्।

यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका फुटबलकै किरण चेम्जोङ, क्रिकेटका कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दै अवार्ड हात पारेका हुन्।

उनी पिपल्स च्वाइस विधामा समेत मनोनयनमा परेका थिए। यसअघि नै सार्वजनिक भइसकेको वर्ष २०७८ मा उत्कृष्ट प्रदर्शन गरेकामध्येबाट पाँच विधामा ५र५ खेलाडीको मनोनयनमा पिपल्स च्वाइस विधामा अञ्जनसहित क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी परेका थिए।

नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० को आयोजनामा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने विभिन्न ९ विधामा खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिएको हो।

सम्बन्धित समाचार