गण्डकीको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

शुक्रबार मुख्यमन्त्री नियुक्तका लागि प्रदेश प्रमुखले आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले शुक्रबार नै ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । प्रदेश प्रमुख पौडेलले गण्डकीमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन आज ३ बजेसम्मको समय दिएकी थिइन् । शनिबार निवर्तमान पृथ्वीसुब्बा गुरुङले पनि राजमोका कृष्ण थापा र जसपाका दुई सांसदसहित ३१ जनाको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा पुन: दावी पेश गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार