काठमाडौँमा ईभी गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका-१५ सितापाइला सोल्टीदोबाटो चोकमा बा प्र ०१-००२ ज ६७७० नम्बरको इभी गाडीले बा४४प ५९०१ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो ।
ईभीको ठक्करबाट मोटरसाइकलमा सवार काभ्रेको पनौती घर भएका ३० वर्षीय नविन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।