नेपालको ओडिआई इतिहासकै उच्च योगफल 'पीएनजीलाई दियो दुई सय ९८ रनको लक्ष्य' ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ फाल्गुन २५, बिहीबार १३:०९ काठमाडौं । एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २९७ रन बनाएको हो । नेपालको कीर्तिमानी स्कोर बनाउन आसिफ शेखले शतकीय पारी खेले ।