फ्रेन्च ओपनको उपाधि क्रेचिकोभालाई

यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि चेक गणतन्त्रकी बार्बरा क्रेचिकोभाले जितेकी छिन् ।

फ्रान्सको पेरिसमा गएराति भएको फाईनल खेलमा रुसकी अनास्तासिया पाभ्लुचेन्कोभालाई २–१ को सेटमा हराउँदै क्रेचिकोभाले उपाधि जितकी हुन् ।

बिना वरियताकी क्रेचिकोभाले अनास्तासिया विरुद्धको खेल ६–१, २–६ र ६–४ को सेटमा जितिन् । क्रेचिकोभाको यो उपाधि ग्रान्ड स्लाम सिंगल्समा पहिलो उपाधि हो ।

यसअघि उनले फ्रेन्च ओपनकै डबल्सतर्फ भने उपाधि जितेकी थिइन् । सिंगल्सतर्फ खेल्न थालेको पाँचौ प्रतियोगितामै क्रेचिकोभा उपाधि जित्न सफल भएकी हुन् ।

फ्रेन्च ओपनको पुरुषतर्फको उपाधिका लागि आज बेलुकी सर्वियन खलाडी नोभाक जोकोभिचले ग्रिसका स्टिफानोस सित्सीपासको सामना गर्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार